१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

धरानमा पहिलोपटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ संघका अध्यक्ष दीपक राईले बताए । 

धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ प्रो. र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।  

प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बागमती प्रदेशको काठमाडौंबाट खेलाडी सहभागी हुनेछन् । 

एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउने धरान बक्सिङ संस्थाका सचिव महेश आलेमगरले जानकारी दिए । 

‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रियस्तरका खेलाडीबिच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिता धरान उपमहानगरपालिका– १५ स्थित किराँत याक्थुङ चुम्लुङहिमको हलमा विभिन्न सांगीतिक कार्यक्रमसहित हुने संस्थाका सचिव आलेमगरले बताए ।