१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २९ शुक्रबार १२:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुनको भाउ हालसम्मकै उच्च, तोलाको ३,९०० रुपैयाँले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १२:५७:oo

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । आज एकैदिन तीन हजार नाै सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तीन हजार नाै सय रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य एक लाख ८५ हजार पुगेको हो ।

अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य एक लाख ८१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।