
उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेमा बाख्राको खोरमा आगलागी हुँदा ६ लाखबराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार गएराति जलजले बस्ने नरमाया श्रेष्ठ र विना गुरुङको बाख्राको खोरमा अचानक आगलागी हुँदा ६ लाखको क्षति भएको हो।
आगलागीमा परी ६ वटा खसीबाख्रा पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने तीनवटा घाइते अवस्थामा छन्। स्थानीय नरमाया श्रेष्ठको चार लाख र विना गुरुङको दुई लाख क्षति भएको डिएसपी दोङले जानकारी दिए।
उक्त आगलागी इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको र आगलागीको कारण खुल्न बाँकी रहेको दोङले बताए।