
नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ । माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ ।
सरकारले बोलाएको वार्ता अस्वीकार गर्दै महासंघले बिहीबार पनि काठमाडौंको बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने शिक्षकहरूले सडकका तीनवटै लेन कब्जा गर्न खोज्दा बानेश्वर क्षेत्रमा सवारी आवागमन प्रभावित भएकाे छ । शिक्षकको प्रदर्शनले तीन लेन सडक बन्द भएपछि फसेको दुईपांग्रे सवारीलाई आफैँले निकाल्न बाध्य भएका छन् ।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् ।
शिक्षक महासंघ र सरकारबिच आज वार्ता हुने भनिएको छ । सरकारसँग वार्ता गर्नका लागि शिक्षक महासंघले सहअध्यक्ष नानुमाया पराजुलीको संयोजकत्वमा वार्ता टोली पनि बनाइसकेको छ ।
हेर्नुहोस् तस्बिरहरू :