१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको साधारणसभामा आठ मन्त्री उपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२o:oo

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभामा करिब आधा मन्त्रिमण्डल उपस्थित भएको छ । प्रधानमन्त्री र मुख्यसचिवसहित आठ मन्त्रीहरू सभामा उपस्थित छन् ।

महासंघले कार्यक्रममा सिंगो मन्त्रिमण्डललाई नै निमन्त्रणा गरेको थियो । मन्त्रिपरिषद्का प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री  दामोदर भण्डारी, श्रममन्त्री शरतसिंह भण्डारी, वनमन्त्री ऐनबहादुर शाही, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याललगायत उपस्थित छन् । 

अरू कतिपय मन्त्री कार्यव्यस्तताले उपस्थित हुन नसकेको महासंघले बताएको छ। यस्तै, उपसभामुख इन्दिरा रानासहित दर्जन सचिवहरू कार्यक्रममा उपस्थित छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले करिब आधा मन्त्रिमण्डल कार्यक्रममा उपस्थित रहेको बताइन्। ‘आजको उपस्थितिले नै देखाउँछ कि सरकार निजी क्षेत्र अर्थतन्त्रप्रति कति सिरियस छ,’ उनले भनिन्, ‘हामी अर्थतन्त्र र निजी क्षेत्रलाई कति महत्त्व दिन्छौँ भन्ने पनि आजको उपस्थितिले पुष्टि गर्छ ।’

प्रधानमन्त्री ओलीले निजी क्षेत्र र अर्थतन्त्र जहिल्यै सरकारको प्राथमिकतामा रहेको बताए । ‘सम्भवत: यस्ता कार्यक्रममा प्रधानमन्त्रीसहित यत्तिका मन्त्रीहरू आउने गरेका छैनन् । यहाँ प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, श्रममन्त्रीलगायत मन्त्रीहरू उपस्थित छाैँ,’ उनले भने, ‘सरकारले निजी क्षेत्रलाई यति महत्त्व दिएकाे छ । यति धेरै प्रोत्साहित गरिएको छ ।’