
नेपाल बार एसाेसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा. विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।
मिश्रले पाँच हजार ०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले दुई हजार ६२१ मत मात्रै पाए ।
महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला चार हजार ८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले दुई हजार ३६७ मत पाए ।
अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् । कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बू, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भएका छन् । यसैगरी, महिला खुला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
तस्बिरहरू :