१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format o८:५o:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. रोशन पोख्रेललाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५o:oo

हामीकहाँ सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा केकस्ता असर पारिरहेका छन् ?
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । यसले ज्यानैसमेत लिने खालका गम्भीर समस्या निम्त्याइरहेको छ । पछिल्लो समयमा सुर्तीजन्य पदार्थको प्रयोगमा थोरै भए पनि सचेतना आएको देखिन्छ । तर, भेपको प्रयोगले गर्दा विद्यालय जाने उमेरका विद्यार्थीमा यसको लत गम्भीर बन्दै गएको छ । खासगरी ‘टिन एज’ प्रवेश गर्दानगर्दै भेपको प्रयोग सुरु गर्नाले पछि धूम्रपान, लागु पदार्थलगायतको कुलतमा फस्ने जोखिम बढी हुन्छ । त्यसैले, यतिखेर सुर्तीजन्य पदार्थसँगै भेपको प्रयोग बढी नै चुनौतीपूर्ण बन्दै गएको छ ।

सुर्तीजन्य वस्तुको प्याकेटमा शतप्रतिशत ढाक्नेगरी चेतावनीयुक्त सन्देश राख्दा प्रयोगकर्तामा यसको कस्तो प्रभाव पर्ला ?  
निश्चित रूपमा यस्ता चेतावनीयुक्त सन्देशले सकारात्मक प्रभाव पार्छ । सामान्यतः त्यस्ता चेतावनीयुक्त सन्देश छापिएका सुर्तीजन्य पदार्थका प्याकेट किनेर बोक्दा प्रयोगकर्तालाई लाज हुने र अरूसामु निकालेर प्रयोग गर्दा लज्जित हुनुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा पूरै बट्टा या प्याकेट किनेर प्रयोग गर्ने सेवनकर्ताले अब एक–दुई खिल्ली मात्र किनेर प्रयोग गर्छ । तर, कतिपय स्थानमा एक–दुई खिल्ली मात्र बिक्री नगरिने हुँदा सेवनको मात्रामा कमी आउन सक्छ । साथै, पछिल्लो समयमा सुर्तीजन्य पदार्थको मूल्य बढ्दै गएकाले पनि विपन्न वर्गका सेवनकर्ताले पूरै बट्टा नै खरिद गर्न कठिन हुँदै गएकाले पनि प्रयोगमा कमी आइरहेको देखिन्छ । 

उद्योगमन्त्रीले त यस्तो व्यवस्था कार्यान्वयन नगर्नू भनी स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको समाचार आएको छ नि ?
यो अन्तरमन्त्रालय सम्बन्धको विषय हो । उद्योग मन्त्रालयले उद्योगहरू चुलून् भन्ने उद्देश्य राखेको हुन सक्छ भने स्वास्थ्य मन्त्रालयले चाहिँ जनताको स्वास्थ्यलाई ध्यान दिएको हुन्छ । यस्तो विवादमा प्रधानमन्त्री कार्यालयले सहजीकरण गरिदिनुपर्छ ।