
सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन्।
आइपियू महासभाको २१४औँ अधिवेशनमा स्वास्थ्यसम्बन्धी सल्लाहकार समूहलाई स्तरोन्नति गरी स्वास्थ्यसम्बन्धी समिति बनाउने निर्णय गरिएको थियो।
नवगठित समितिको नियमअनुसार, २०२५ अप्रिल ९ मा आइपियू शासकीय परिषद्ले १५ सदस्यलाई चारवर्षे कार्यकालका लागि निर्वाचित गरेको हो, जसको कार्यकाल मार्च २०२९ मा समाप्त हुनेछ।