१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

यातायात कार्यालयमा ‘तीन करोड लेनदेन’, अख्तियारद्वारा चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

बाँकेको यातायात व्यवस्था कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारजनालाई पक्राउ गरेको छ। लाइसेन्समा करोडौँ लेनदेन गरेको सूचनाका आधारमा आयोगले कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकलाई पक्राउ गरेको हो। 

यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज के.सी. र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई आयोगले बुधबार पक्राउ गरेको हो। 

 कर्मचारीहरूले नक्कली सवारीचालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्नेसमेतको सूचना तथा उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय, नेपालगन्जबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रदेश यातायात मन्त्रालयसम्मको सेटिङमा लुम्बिनीका यातायात कार्यालयहरुबाट व्यापक मात्रामा लाइसेन्समा सेटिङ हुने गरेको उजुरीका आधारमा आयोगले छानबिन थालेको हो। पक्राउ गर्नुअघि लेनदेनका प्रमाणसहित संकलन गरिएको आयोगले जनाएको छ।