१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणीमा बेपत्ता दिदीभाइ मृत अवस्थामा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका– १ स्थित नारायणी नदीमा बेपत्ता भएका दिदीभाइको शव फेला परेको छ।

मंगलबार साँझा चप्पल झिक्ने क्रममा नदीमा बेपत्ता भएका दिदीभाइ आज बुधबार मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।

बागलुङ जिल्ला घर भई गैँडाकोट– १ ब्रिटिस क्याम्पनिवासी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नाै वर्षीय स्वप्निल सेर्पुञ्जा नदीमा डुबी बेपत्ता भएका थिए। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले भाइको शव बुधबार बिहान साढे ११ बजेतिर ३५ फिट गहिराइबाट र दिदीको शव दिउँसो साढे १२ बजे ५० फिट गहिराइबाट निकालेका हुन्।

६० वर्षीया हजुरआमा सुनमाया कुमालसँग नारायणी नदीकिनार गएर फर्कने क्रममा हजुरआमाको चप्पल छुटेपछि दिदीभाइ चप्पल लिन फर्केका थिए। पहिले भाइ र पछि दिदी नदीमा डुबेका प्रहरीले जनाएको छ।