१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा कार दुर्घटना हुँदा चारजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ सातधारे  खण्डमा कार दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार आज बुधबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिएबी ५४९२ नम्बरको कार दुर्घटना हुँदा चारजना घाइते भएका हुन्।

डिएसपी दोङले उक्त दुर्घटनामा परी कारचालक मोरङ केराबारी गाउँपालिका– ८ का ४७ वर्षका विनोद भट्टराई, उनका छोरा ११ वर्षका सम्पन भट्टराई, चालककी श्रीमती ४२ वर्षकी रीता भट्टराई र कारमा सवार ललितपुर उपमहानगरपालिका– ४ जावलाखेलका ४८ वर्षका त्रिपुरा सत्याल घाइते भएका जानकारी दिए।

घाइतेहरूको अवस्था सामान्य रहेको र चौडण्डीगढी नगर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त कार इलाका प्रहरी कार्यालय बेल्टारको नियन्त्रणमा राखी अनुसन्धान भइरहेको डिएसपी दोङले जानकारी दिए।