१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्दिरपरिसरमा शव फेला, हत्या भएको प्रहरी निष्कर्ष

सोधपुछका लागि तीनजना नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:११:oo

कैलालीको अत्तरियामा आज बुधबार बिहान भेटिएको एक पुरुषको शवको पहिचान हुन सकेको छैन। अत्तरियास्थित दुर्गा मन्दिरपरिसरमा करिब ३५–४० वर्षीय पुरुषको शव फेला परेको थियो।

घाउले क्षतविक्षत रहेकाले अनुहार पहिचान गर्न सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ। मृतकको टाउकोको बायाँ भाग र अनुहारमा गम्भीर चोट रहेकाले हत्या भएको प्रहरीको निष्कर्ष छ।

तीनजनालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए। उनले शवको पहिचान हुन नसकेको बताए।

मन्दिरपरिसरमा अनुहार, आँखा, टाउको फुटाइएको दर्दनाक अवस्थामा शव फेला परेको हो। मन्दिरपरिसर पनि रक्ताम्य छ। टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरिएकोजस्तो देखिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले बताए।

शव फेला परेको मन्दिर र इलाका प्रहरी कार्यालय मालाखेती सडक वारिपारि छन्। प्रहरी कार्यालयअगाडि नै घटना हुनुले प्रहरीको सुरक्षामाथि स्थानीयले प्रश्न उठाएका छन्।