१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o२:oo
Read Time : < 1 मिनेट
समाचार

हत्यापछि फरार व्यक्ति पुजारीको पहिरनमा भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o२:oo

१७ वर्षअघि भएको हत्यामा संलग्न फरार अभियुक्त पुजारीका रुपमा भेटिएका छन्। पर्साको विन्दबासिनी गाउँपालिका– २ घर भएका ६२ वर्षीय लोकनाथ साह तेलीलाई प्रहरीले साधुको पहिरनमा पक्राउ गरेको थियो। 

उनले  २५ वैशाख ०६४ मा पर्साको साविक बहुअर्वाभाडा– ५ बस्ने ढोडा मुखिया विनको हत्याको अभियोगमा अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको थियो। जग्गाको विवादमा छलफलमा बोलाएर गोली हानी उनले हत्या गरेका थिए। 

१७ वर्षदेखि फरार रहेका उनी भारतको चम्पारण पिपरियामा रहेको रामजानकारी मन्दिरमा पुजारीको रूपमा बस्दै आएको अनुसन्धानमा खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले उनलाई सोमबार वीरगन्जबाट पक्राउ गरेको हो ।  

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत, पर्सा पेस गरिएकोमा उनी कारागार चलान भएको सिआइबीका एसपी सुधीरराज शाहीले बताए।