
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक सिंहले नेपालमा बंगलादेश र श्रीलंकाजस्तो अवस्था आउने चेतावनी दिएका छन् । उनले कांग्रेस, एमाले र माओवादीका समर्थकहरूलाई पनि देश जोगाउनका लागि राजसंस्थाको पक्षमा उभिन आह्वान गरे ।
आज आयोजित राप्रपाको आमसभामा बोल्दै सिंहले भने, ‘यो तस्करले चलाएको भ्रष्ट सरकारलाई जडबाट उखेलेर फ्याकिदिऊँ । अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था नेपाली जनताले ल्याउनेछन् ।’