१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इन्फिनिटी लघुवित्तले अब कर्जालगायत अन्य भुक्तानीहरू साेझै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसिएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपिआई) जोडी डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपिआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।

इन्फिनिटी लघुवित्तले अब एनसिएचल, आइपिएस र आरपिएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानीलगायतका विभिन्न संकलनका करोबारहरू गर्न सक्नेछन् ।

साथै, तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् । इन्फिनिटी लघुवित्तले एनपिआईमार्फत आफ्नो शाखाहरूको बैंकखातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्नसमेत सक्नेछन् ।

एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपिआईको अवधारणामा विकास गरिएको एपिआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिट्यान्स कम्पनीहरू, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरूलगायतका सयभन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यसमार्फत सदस्य संस्थाहरूले एनसिएचएल प्रणालीहरूको प्रयोग गर्न सक्नेछन्।

०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरूलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बिमाका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ मोडल पछ्याउँदै नेपालको ४८ जिल्लाहरूमा ९६ शाखाहरू फैलाएको छ र एक लाखभन्दा बढी घरधुरी ओगटेको छ । इन्फिनिटीले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।