Skip This
नेपाल कुनै छिमेकीतिर कोल्टिँदैन : प्रधानमन्त्री
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल कुनै छिमेकीतिर कोल्टिँदैन : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१o:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै छिमेकीतिर नकोल्टिने र कसैको सामरिक गठबन्धनमा सहभागी नहुने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित हिमालयन डायलगलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पारस्परिक लाभ र अन्तर्राष्ट्रिय न्यायका आधारमा परराष्ट्र सम्बन्ध सञ्चालनमा जोड दिएका हुन् । 

उनले भूराजनीतिक सचेतनाका साथ राष्ट्रिय हितलाई अगाडि बढाउन आवश्यक रहेको बताए । ‘भूराजनीतिका नाममा अन्तराष्ट्रिय जवाफदेहितासहितको न्यायोचित राष्ट्रिय हित र विचारलाई छोड्नुपर्छ भन्ने होइन । कुनै छिमेकीसँग बढी मित्रता भन्ने खालको कोल्टिने राजनीति गर्नुहुँदैन । हामी कसैको सामरिक गठबन्धनमा लाग्दैनौँ । शान्तिका पक्षमा छौँ,’ प्रधानमन्त्रीले भने, ‘कसैले पेकिङतिर ढल्क्यो कि भनेर सोध्दा म त काठमाडौंमा छु भन्नुपर्‍यो । कसैले नयाँदिल्लीतिर ढल्क्यो कि भनेर सोध्दा होइन है म काठमाडौंमा छु त भन्नुपर्‍यो ।’ उक्त कार्यक्रमको आयोजता फरेन अफेयर्स मिडिया र ब्रान्डवर्थ प्रालिले गरेको हो । 

नेपालको भूराजनीति स्थिति समुद्रको किनारजस्तो भएको पनि उनको भनाइ थियो । ‘समुद्रको किनार पत्ता लगाउन गाह्रो हुन्छ । अहिले नेपालको भूराजनीतिक अवस्था पनि त्यस्तै छ । वेलावेलामा समुद्रको छालले जसरी नेपालको भूराजनीतिक स्थितिलाई हानिरहेको छ,’ प्रधानमन्त्रीले भने । उनले छिमेकीसँगको सम्बन्ध न्यायोचित हुनुपर्ने पनि बताए । नेपालले छिमेकीहरूको जायज चिन्ता, सरोकार र चासोलाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ । 

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेले मुलुकको परराष्ट्र नीतिमा सबै दललाई एक ठाउँमा ल्याउन सरकार सकारात्मक रहेको बताए । परराष्ट्र नीतिमा सबै दललाई एकै ठाउँमा ल्याउन सम्भव छ,’ उनले भने, ‘त्यसमा पनि राष्ट्रिय हित नै पराराष्ट्र नीतिको मुख्य आधार हो ।’ 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वार्थ के हो भनेर पहिला स्पष्ट हुनुपर्ने बताए । ‘हाम्रो राष्ट्रिय स्वार्थ के हो, त्यो महत्वपूर्ण हो । पहिला त्यो पहिचान गरेर परराष्ट्र नीतिमा एकरुपता ल्याउन आवश्यक छ,’ उनले भने, ‘राजनीतिक दलको विचारधाराका आधारमा होइन, राष्ट्रिय हितलाई ध्यानमा राखेर परराष्ट्रनीति बनाउनुपर्छ ।’ 

माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालले ‘ग्लोबल साउथ’को अवधारणालाई स्वीकार गरेर परराष्ट्रसम्बन्धी नीति ल्याउनुपर्ने बताए । ‘राजनीतिक आस्था र विचार फरक हो । तर, यसमा पक्ष विपक्षी हुन सक्छ । तर, राजनीतिक आस्था जे भए पनि राज्य–राज्यबिच मैत्रीपूर्ण सम्बन्ध हुनुपर्छ । यसमा समस्या छैन,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेत सन्तोष परियारले पनि परराष्ट्र नीतिमा सबै दल एकै ठाउँमा उभिनुपर्ने बताए । ‘हाम्रो पार्टीको विचार सिद्धान्त जे भए पनि परराष्ट्र नीतिमा एक ठाउँमा आउन तयार छौँ,’ उनले भने, ‘हामीले श्रमबजार, उत्पादन, व्यापारसहित मुलुकको अर्थतन्त्र बलियो बनाउने गरी परराष्ट्रनीति बनाउनुपर्छ । चीन र भारतका लागि नेपाल किन महत्वपूर्ण छ ? विश्वमा नेपालको महत्व के छ ? भनेर पनि बहस गर्न आवश्यक छ ।’

पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले नेपालले फाइदाका लागि मल्टिइंगेजमेन्ट मोडेलमा जानुपर्ने बताए । सीमित मुलुकमा निर्भर हुन नहुने उनको भनाइ छ । भूराजनीतिबाट डराउनेभन्दा पनि आफ्नो इच्छाअनुसार विदेश नीति ल्याउनुपर्ने उनको सुझाव थियो ।