Skip This
बारको मतगणना भोलिबाट सुरु हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 17 April, 2025
विजयप्रसाद मिश्र (बायाँ) र रमणकुमार श्रेष्ठ (दायाँ)
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारको मतगणना भोलिबाट सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५८:oo

नेपाल बार एसोसिएसनको मतगणना भोलि सोमबारबाट सुरु हुने भएको छ। देशभरको मतगणना काठमाडौंमा हुने भएकाले मतपेटिका सोमबार दिउँसोसम्म आइसक्ने बारको निर्वाचन समितिले जनाएको छ।

शनिबार दिउँसो ४ बजेसम्म भएको मतदानका लागि ३५ वटा मतदान केन्द्र तोकिएको थियो। त्यसमध्ये ३० वटा मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको र बाँकी आउने क्रममा रहेको निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।

‘बाहिरबाट आउनुपर्नेहरूमा ती मतपेटिका सम्भवतः सोमबार मध्याह्नसम्म आइपुग्नेछन्। त्यसपछि गणना सुरु गर्न सकिन्छ कि,’ सिटौलाले भने। उनका अनुसार तयारी यसैअनुसार गरिएको छ।

बारको निर्वाचनका लागि देशभर नाै हजार ९९७ मतदाता थिए। तर, सात हजार ९९५ मत खसेको सिटौलाले नयाँ पत्रिकालाई जानकारी दिए।

बारका अध्यक्षका लागि प्यानल बनाई दुई वरिष्ठ अधिवक्ता प्रतिस्पर्धामा छन्। अध्यक्ष पदमा अन्य तीन अधिवक्ताले पनि उम्मेदवारी दिएका थिए। सत्तापक्षमा रहेका नेपाली कांग्रेसनिकट डिएलए र नेकपा एमालेनिकट पिपिएलएले गठनबन्धन गरेका थिए। जसबाट डा. विजय मिश्र अध्यक्षमा र केदारप्रसाद कोइरालाले महासचिवमा दाबी गरेका थिए।

यसैगरी, प्रतिपक्षमा रहेका नेकपा माओवादी, राप्रपा, रास्वपानिकट मानिएका कानुन व्यवसायी अर्को प्यानल बनाई चुनावी मैदानमा उत्रिएका थिए। सत्ताइतर प्यानलको नेतृत्व वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले गरेकोमा उनको प्यानलबाट महासचिवका लागि यज्ञमणि न्यौपाने उम्मेदवार छन्।