१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेल्जियममा १० नेपाली समुदायबिच फुटबल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५७:oo

बेल्जियममा नेपाली समुदायबिच हुने सेभेन ‘ए’ साइड फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ ।प्रतियोगितामा आयोजक एन एफसी ड्युरेनका दुई, सी १९ एफसी बेल्जियम, झापा एफसी पोर्चुगल, एनआरएनए नर्वे, इएनसा बेल्जियम, प्लमस्टेड वेटरन एफसी बेलायत, एनआरएनए लक्जमबर्ग तथा पिएनवाई एफसी फ्रान्सका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

अप्रिल ७ मा हुने प्रतियोगितामा ३५ वर्षभन्दामाथिका खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यसैगरी, एक टोलीले दुईजना भने ४० वर्षभन्दामाथिका  खेलाडी राख्न पाउनेछन् ।

प्रतियोगिताको विजेताले दुई हजार पाँच सय तथा उपविजेताले एक हजार पाँच सय युरो प्राप्त गर्नेछन् । यसैगरी, उत्कृष्ट खेलाडी, गोलकिपर, रक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।