१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
कमल खत्री म्याग्दी
Invalid date format २o:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशील गर्बुजा हत्यामा संलग्न ६ जनालाई जन्मकैदको फैसला

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
Invalid date format २o:४७:oo

म्याग्दी जिल्ला अदालतले  एक वर्षअघि बेनी बजारमा भएको हत्यासम्बन्धी मुद्दामा ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।

रघुगंगा गाउँपालिका– १ बेग घर भई बेनी नगरपालिका– ८ पिपलचोक बस्ने २१ वर्षीय सुशील गर्बुजाको ०८० माघ ११ गते साँझ बेनी नगरपालिका– ८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो

सुशील गर्बुजा हत्यासम्बन्धी मुद्दामा जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ६ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाका सहयोगी ठहरिएका थप नौजनाको सजाय निर्धारणका लागि  चैत २७ गते पेसी तोकेको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी दिए । उनका अनुसार, धवलागिरि गाउँपालिका– ४ का २३ वर्षीय शंकर घर्ती, २२ वर्षीय अमृत पुर्जा, बेनी– ५ का २४ वर्षीय सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जम्मकैदको सजाय तोकिएको छ ।

त्यसैगरी रघुगंगा– ७ चिम्खोलाका उत्सव पुन, मनीष तिलिजा, वडा नं. २ का सञ्जन खत्री, मंगला गाउँपालिका– २ का प्रवीण जिसी, बेनी– ९ का सविन राई, जलजला गाउँपालिका– ३ पर्वतका सोहन बरुवाल, परिवर्तित नाम ४३ (त), ४३ (न) र ४३ (फ)लाई चैत २७ गतेको पेसीले सजाय निर्धारण गर्ने सूचना अधिकारी पौडेलले बताए ।

बालबालिकासम्बन्धी कानुनले १४ देखि १६ वर्षसम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एकतिहाइ सजाय छुट हुने व्यवस्था गरेको छ । १६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने जनाइएको छ । चौधदेखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष ६ महिना सजाय भुक्तान गर्नुपर्नेछ।