१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
रासस ललितपुर
Invalid date format १९:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकारको क्षमता अभिवृद्धिमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवालाको जोड

Read Time : > 1 मिनेट
रासस, ललितपुर
नयाँ पत्रिका
Invalid date format १९:o८:oo

पत्रकारको क्षमता अभिवृद्धिमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। गोदावरी नगरपालिका– ३ को सहयोगमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाले शुक्रबार आयोजना गरेको विपत् व्यवस्थापन तालिममा सरोकारवालाहरूले यस्तो बताएका हुन्।

तालिममा बागमती प्रदेश सभा सदस्य उर्मिला लामाले पत्रकार समाजको ऐनासमेत भएकाले व्यावसायिक प्रवर्द्धन र क्षमता अभिवृद्धिका लागि राज्यले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखिन्। ‘पत्रकारको उचित पारिश्रमिक र सेवासुविधाका साथै क्षमता अभिवृद्धिको व्यवस्था गरिनुपर्छ। यसका लागि कानुनी र नीतिगत व्यवस्था गरेर पत्रकारितामा उत्प्रेरित गर्न राज्यले ध्यान दिन आवश्यक छ। बागमती प्रदेशमा नीतिगत योजना बनाउँदै गर्दा हामी यी विषयलाई सम्बोधन गर्न ध्यान दिनेछौँ,’ उनले भनिन्, ‘पत्रकारलाई सक्षम र सबल बनाउन योगदान दिने कुराले समाजलाई सकारात्मक दिशामा लैजान सहयोग पुग्छ, विपतकाे विषयमा केन्द्रित यस तालिमले नयाँ ऊर्जासहित पत्रकारमा सीप र दक्षता हासिल गर्न सघाउ पुर्‍याउने विश्वास छ।’

प्रदेश सभा सदस्य लामाले जोखिम मोलेर विपतकाे समयमा समाचार संकलन र सम्प्रेषण गर्ने पत्रकारले आफूलाई सुरक्षित राखेर काम गर्न आवश्यक रहेको बताइन्। प्रमुख जिल्ला अधिकारी रमेश ढकालले विपत् जोखिम न्यूनीकरण सबैको साझा दायित्व भएको र पत्रकारिता क्षेत्रको भूमिका अझ महत्त्वपूर्ण रहेको उल्लेख गरे। वडा नम्बर ३ का अध्यक्ष सानुराज घिमिरेले समाजमा विपतका वेला असावधानीका कारण ज्यानकै जोखिम हुन सक्ने भन्दै आफू सुरक्षित रहेर जनतालाई सुसूचित गराउने भूमिका निर्वाहका लागि पत्रकारहरूलाई आग्रह गरे। 

जिल्ला प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले सुरक्षालाई पहिलो प्राथमिकता दिएर पत्रकारिता गर्न यस तालिमले प्रेरित गर्ने बताए। सशस्त्र प्रहरी बल दक्षिणकाली गण सातदोबाटोका प्रहरी उपरीक्षक राजेश लामिछानेले नागरिक र आफ्नो सुरक्षा सवालमा प्रभावकारी काम गर्न तालिमले आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्ने विस्वास व्यक्त गरे।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले विपत् पत्रकारिताको ज्ञान र सीप प्रदान गर्ने अभिप्रायले तालिम आयोजना गरिएको बताए।