१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारले बोलाएको बैठकमा गएनन् शिक्षकहरू

महासंघ भन्छ–गफ गर्न आएका होइनौं, ऐन आएपछि आफैँ फर्किन्छौं

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:३८:oo

सरकारले बोलाएको बैठकमा शिक्षकहरूको उपस्थिति नभएपछि बैठक स्थगित भएको छ। आश्वासन मात्रै दिनलाई सरकारले बोलाएको भन्दै आजको बैठकमा शिक्षक महासंघले प्रतिनिधि नपठाएको हो।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री विद्या भट्टराईलगायत सांसद र दलका प्रमुख सचेतकसहितको उपस्थितिमा बैठक बस्न शिक्षकहरूलाई आह्वान गरिएको थियो। तर, शिक्षकहरू नगएपछि उक्त बैठक स्थगित भयो। 

‘विधेयक छिटो ल्याउन सरकारको ध्यानाकर्षण गर्न उहाँहरू सडकमा हुनुहुन्छ, हामीले आज बोलाएको बैठकमा उहाँहरू आउनुभएन। उहाँहरूलाई हामीले पत्र पनि पठाएका थियौँ,’ शिक्षामन्त्री भट्टराईले भनिन्, ‘सिंगो सरकारले आह्वान गर्दा पनि उहाँहरू आउनुभएन, डेढ घण्टा कुरेर बैठक स्थगित गर्‍याैँ।’

यता शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कुनै पनि वार्ताका लागि बैठकमा नजाने बताए। ‘हामी गफ गर्न र भाषण सुनेर फर्किन आएका होइनौँ, ऐन आएपछि खुरुक्क फर्किन्छौँ, नत्र सडक छाडिँदैन,’ उनले भने, ‘हामीलाई वार्ताले हुँदैन।’