१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
रासस काठमाडौं
Invalid date format १७:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वित्तीय क्षेत्रमा लगाइएको दोहोरो कर खारेजीको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३२:oo

नेपाल वित्तीय संस्था कर्मचारी संघले वित्तीय क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्न र सामाजिक सुरक्षामा लगाइने दोहोरो कर खारेज गर्नुपर्ने माग गरेको छ। संघको ३५औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा संघले श्रमको सम्मान, बैंक तथा वित्तीय संस्था/कर्मचारीमाथिको आक्रमण रोक्नुपर्ने र समस्त वित्तीय क्षेत्रमा पूर्ण सुरक्षाको ग्यारेन्टी गर्नसमेत माग गरेको छ।

संगठित हुने, सामूहिक सौदाबाजी गर्ने श्रमिकको मौलिक अधिकार सुनिश्चित गर्न र काम गर्ने समय, विश्राम, सुरक्षासम्बन्धी श्रम ऐनको व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा संघले जोड दिएको छ।

सो अवसरमा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संघले उठाएका जायज माग पूरा गर्नको निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। संघका अध्यक्ष पदमराज रेग्मीले आयकर छुटको सीमा वृद्धि गर्नुपर्नेमा जोड दिँदै नीति निर्माणमा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गर्न र श्रम ऐन कानुनको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएओ) अभिसन्धि नम्बर ८७ अनुमोदन गर्न माग गरेको संघले सुमधुर औद्योगिक वातावरण निर्माण र बढ्दो महँगी नियन्त्रण गर्नुपर्ने माग गरेको छ। नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर र पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले श्रमको उचित मूल्य हुनेपर्नेमा जोड दिए।