१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार

काभ्रेपलाञ्चोकमा खुकुरी देखाएर शृंखलाबद्ध डकैती गर्ने चारजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२४:oo

काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा हतियार देखाई शृंखलाबद्ध रूपमा लुटपाट गर्ने चारजना पक्राउ परेका छन्। प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका वीरबहादुर तामाङ, बुद्धिमान तामाङ, ओखलढुंगा खिजितेम्बाका महेशकुमार खड्का र उदयपुर कटारीका राजुकुमार दनुवारलाई पक्राउ गरेको हो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)समेतको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका डिएसपी मीनबहादुर घलेले बताए। 

उनीहरू कम्तीमा पाँचवटा डकैती तथा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

गत ११ भदौमा पनौती नगरपालिका– ५ चौकोटस्थित गोपाल श्रेष्ठको नेवाः ग्रिल हिल खाजाघरबाट खुकुरी देखाएर ४० हजार लुटेका थिए। 

सोही दिन धुलिखेल– ९ रामकोटमा दीपककुमार तामाङको सुन र नगद गरेर ६५ हजार लुटेको प्रहरीले जनाएको छ। 

त्यस्तै,  ४ माघमा बनेपा– ३ टनचोक मानेडाँडामा लोप्साङ तामाङले सञ्चालन गरेको लामा होमस्टेबाट तीन लाख २० हजार रुपैयाँबराबरको लुटपाट गरेका थिए। खुकुरी र बन्चरो देखाएर उनीहरूले लुटपाट गरेका हुन्। 

१३ माघमा बनेपा– ४ रेडक्रस टोलमा सुकान्त बमजनको घरमा प्रवेश गरी २० हजारबराबरको डकैती गरेका थिए। 

पछिल्लोपटक गत ५ फागुनमा धुलिखेल– ७ मा लासाङ गोलेले सञ्चालन गरेको आमा कृषि पशुपक्षी बंगुर फार्ममा नक्कली पेस्तोल र खुकुरी देखाई सुनका गहना र मोबाइल लुटेका हुन्। 

पक्राउ परेकाउपर अदालबाट २५ दिन थुनामा राख्न म्याद लिइएको जिप्रका, काभ्रेपलाञ्चोकले जनाएको छ।