१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
Invalid date format १५:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा पत्रकारमाथि भएको आक्रमणको निन्दा, कानुनी कारबाहीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

सिराहाको दक्षिणी सीमावर्ती क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका बरियारपट्टि गाउँपालिका– ३ का पत्रकार करिब ३२ वर्षीय मुकेशकुमार यादवमाथि बिहीबार साँझ भएको सांघातिक आक्रमणको पत्रकारसम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। 

नेपाल पत्रकार महासंघको मधेश प्रदेश समिति र जिल्ला शाखा, प्रेस मञ्चलगायतका संघसंस्थाले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्। महासंघको मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतो क्रान्तिले शुक्रबार प्रेस विज्ञप्तिमार्फत पत्रकार यादवलाई धम्की दिनेसहित सांघातिक आक्रमणमा संलग्न व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी कानुनबमोजिमको कारबाही गर्न माग गरेका छन्।

महासंघको सिराहा जिल्ला शाखा सचिव मुकेशकुमार यादवले प्रेस विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै दोषीहरूलाई पक्राउ, कानुनी कारबाही तथा पत्रकार सुरक्षाका लागि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्।

१६ चैतको दिउँसो बस व्यवसायी परमेश्वरले आफूलाई फोन गरी ‘मेरो बसमा सामान जाँदै छ, फोटो किन खिचेको’ भन्दै गालीगलौजसहित धम्क्याएको पत्रकार यादवले बताए। ‘फोनबाट धम्क्याएपछि असुरक्षित महसुस गर्दै १८ चैतमा जिल्ला प्रहरी कार्यालय सिराहामा शान्ति सुरक्षा मिलाई कारबाहीको मागसहित उजुरी दिएँ,’ उनले भने। 

फोनमार्फत धम्क्याएको पर्सिपल्ट प्रहरीमा कारबाहीका लागि उजुरी परेपछि आफूमाथि सांघातिक हमला भएकाले घटनामा संलग्न दोषी को हो भन्ने स्पष्ट रहेको पीडित यादवले बताए। टाउको र शरीरका अन्य भागमा गम्भीर चोट लागेका उनलाई तत्काल आफन्तले उद्धार गरी जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरेको भए पनि त्यहाँ सम्भव नभएपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरी थप उपचार भइरहेको परिवारले जनाएको छ।