१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेपाल लाइफलाई ‘बेस्ट लइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कर्पोरेट खबरद्वारा आयोजित सत्रौँ कर्पोरेट बिजनेस अवार्डस् २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दी इयर २०२५’ अवार्डबाट सम्मानित भएको छ।

काठमाडौंमा आयोजित समारोहबिच नेपाल लाइफका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त सम्मान ग्रहण गरेका छन्। नेपाली बिमा कम्पनीहरूको वित्तीय विवरण, सूचांकहरू, सुशासन दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरू, अटोमेसन र डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा गरिएका कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएका कार्यक्रमहरूजस्ता मापदण्डहरूलाई मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको बताइएको छ।

कम्पनीको कार्यकुशलता, प्रभावकािता एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई सम्मानित गरिएको आयोजकले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारी वर्ग, अभिकर्ता वर्ग, नियामक निकाय, सेयरधनी तथा समस्त ग्राहकहरूलाई प्रदान गर्दै आभार प्रकट गरे।