१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका कञ्चनपुर
Invalid date format १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिम विश्वविद्यालय : स्ववियु निर्वाचनको माग अघि सारेर आमरण अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:३९:oo

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग अघि सारेर आमरण अनशनमा बसेका छन् । स्वतन्त्र विद्यार्थी आवाज समूहका विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको माग अघि सारेर आमरण अनशनमा बसेका हुन्।

स्वतन्त्र विद्यार्थी आवाज समूहका संयोजक छत्र खड्काले बिहीबारदेखि केन्द्रीय क्याम्पसमा अनशनमा बसेको बताए । उनले २७ चैतमा तोकिएको स्ववियु निर्वाचन क्याम्पस प्रशासनका कारण नगर्ने षड्यन्त्र भइरहेका वेला आमविद्यार्थीको हकहितका लागि दबाब दिन आमरण अनशनमा बसेको बताए। 

‘हाम्रो माग निर्धारित तोकिएकै समयमा निर्वाचन होस् भन्ने हो, यसमा क्याम्पस प्रशासनले चासो नै देखाएको छैन,’ उनले भने । यसअघि अखिल क्रान्तिकारी, अनेरास्ववियु र प्रजातान्त्रिक विद्यार्थी संघ–संगठनहरूले समेत समयमै निर्वाचनको माग अघि सारेर दबाबमूलक कार्यक्रम गरेका थिए । क्याम्पस प्रशासनले १८ चैत उम्मेदवारी दर्ताको अधिल्लो दिन नेकपा एकीकृत समाजवादी र विप्लवनिकट विद्यार्थीले वास्तविक विद्यार्थीलाई निर्वाचन प्रक्रियाबाट वञ्चित गराएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको छ । 

डेढ दशकअघि स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन । केन्द्रीय क्याम्पसका स्ववियु सभापति विश्वविद्यालय सिनेट सदस्य हुने प्रावधान भएकाले क्याम्पस प्रशासन, विश्वविद्यालयका पदाधिकारीकाले समेत स्ववियु निर्वाचन नचाहेको उपज वास्तविक विद्यार्थीको नाम छुटाएर विद्यार्थी आन्दोलित बनाएकोसमेत चर्चा हुन थालेको छ । माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने स्वतन्त्र विद्यार्थी आवाजले जनाएको छ ।