१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंक र साउथ वेस्टर्न बिजनेस कलेजबिच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

मुक्तिनाथ विकास बैंक र साउथ वेस्टर्न बिजनेस कलेजबिच बैंकिङ साक्षरता र व्यवसाय आदन–प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार बैंकले कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता कार्यक्रम प्रदान गर्नेछ, जसद्वारा विद्यार्थीले आधुनिक बैंकिङ प्रणाली, वित्तीय योजना र लगानीबारे ज्ञान प्राप्त गर्न सक्नेछन्। साथै, बैंकले योग्य विद्यार्थीलाई इन्टर्नसिप र प्रशिक्षणको सुविधा पनि उपलब्ध गराउने बताइएको छ।

यस सम्झौताले बैंक र कलेजबिच दीर्घकालीन सहकार्यको सुरुवात गरेको छ, जसले गर्दा विद्यार्थीले व्यावहारिक ज्ञान र रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन्।

बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको जनाएको छ। त्यसैगरी मोबाइल बैंकिङ, क्युआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामौ रेमिट्यान्स जम्माजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरेको छ।