१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
दीपक भट्ट रामेछाप
Invalid date format १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम खराबीले रामेछाप–लुक्ला उडान ठप्प

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format १४:o५:oo

सोलुखुम्बुस्थित लुक्लाको मौसम खराबीका कारण बिहीबार बिहानदेखि रामेछाप–लुक्ला उडान ठप्प भएपछि रामेछाप विमानस्थलमा पाँच सयभन्दा बढी पर्यटकहरू मन्थलीमा रोकिएका छन्।

सगरमाथा घुम्न आएका विदेशी पर्यटकहरू लुक्लाको मौसम खराबीपछि रामेछापको सदरमुकाम मन्थलीमा रहेको विमानस्थलमा रोकिएका हुन्। बिहीबार बिहान रामेछाप विमानस्थलबाट विभिन्न निजी हवाई कम्पनीहरूले पाँचवटा उडान भरेका थिए। उडान हुँदाहुँदै एकाएक लुक्लाको मौसम खराब भएपछि उडान बन्द भएको र लुक्लाको मौसम अझै नखुलेकाले शुक्रबार बिहान एक उडान भएको र त्यसपछि कुनै उडान हुन नसकेको नागरिक उड्डयन प्राधिकरण रामेछापका एटिसी सञ्जय श्रेष्ठले जानकारी दिए।

मौसम खराबीका कारण जहाज उडान हुन नसकेपछि केही पर्यटकहरू हेलिकोप्टर चार्टर गरी लुक्ला उडेका छन्। बिहीबार ९३ पर्यटक हवाईजहाजमार्फत र ४५ जना हेलिकोप्टरमार्फत लुक्ला एवं ४७ जना यात्रु फाप्लुु विमानस्थल गएका थिए। आज पनि मौसम नखुुलेपछि हेलिकोप्टर चार्टर गरेर पर्यटकहरू लुक्ला र फाप्लुु गइरहेका छन् भने केही पर्यटक सडकमार्ग हुँदै गाडी रिजर्भ गरेर फाप्लुतर्फ लागेका नागरिक उड्डयन कार्यालयले जनाएको छ।

काठमाडौंको विमानस्थलमा बढी चाप भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुतर्फ जाने जहाज रामेछापको विमानस्थलवाट उडान भर्ने गरी व्यस्थापन गरेको छ। जसअनुसार सोलु जाने पर्यटकहरू राजधानीमा रहेका विभिन्न ट्राभल एजेन्सीमार्फत सवारीसाधनमा बिपी राजमार्ग हुँदै रामेछाप विमानस्थल आइपुुग्ने गरेका छन्। स्थलमार्ग हुँदै रामेछाप आएका पर्यटकहरू रामेछाप विमानस्थलवाट हवाईजहाजमार्फत सीधै लुक्ला जाने गरेका छन्।

पर्यटकहरू सोलुु आउने समयमा रामेछाप विमानस्थलबाट वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोजदेखि मंसिरको १५ गतेसम्म तीन निजी वायु कम्पनीहरू तारा, समिट र सीता एयरलाइन्सले सेवा दिँदै आएका छन्।