१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी तास्केन्ट प्रस्थान गरेका छन्।

सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत दोहा हुँदै उज्वेकिस्तान गएको हो। प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभाका सचिव हर्कराज राई, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव राजु रिमाल छन्।

अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलन दुवै अन्तर्राष्ट्रिय सम्मेलन चैत २३ गतेदेखि २७ गतेसम्म तास्केन्टमा हुँदै छ।

अन्तरव्यवस्थापिका संघको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्नेछन्। सांसद श्यामकुमार घिमिरे र सूर्यमान दोङ तामाङ अन्तरव्यवस्थापिका संघका स्थायी समितिको बैठकमा सहभागी हुनेछन्। 

सांसद अञ्जान शाक्यले महिला सांसदहरूको मञ्च र सांसद सोविता गौतमले युवा सांसदहरूको मञ्चमा सहभागिता जनाउनेछन्। साथै सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ। 

सम्मेलनसँगै सञ्चालन हुने संसद्का महासचिवहरूको बैठकहरूमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सहभागी हुनेछन्। सभामुख घिमिरेले चैत २४ गते हुने असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा  ‘बन्दुङ आत्माको ७० वर्षको सम्झना : बन्दुङ सिद्धान्तहरूको पालना गर्न संसद्हरूको भूमिका’ विषयमा मन्तव्य दिनेछन्। उनले विभिन्न मुलुकका सभामुखहरूसँग साइडलाइन भेटवार्ता पनि गर्नेछन्।