१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 17 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o३:oo
Read Time : < 1 मिनेट
समाचार

तीनकुने घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o३:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले १५ चैतमा तीनकुनेमा भएको घटनाको जिम्मा नेपाल सरकारले लिनुपर्ने बताएका छन्। यस्तै, घटनापछि रवीन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई पक्राउ गर्नु र थुनामा राख्नु आपत्तिजनक भएकोसमेत बताएका छन्।

उनले उक्त घटनामा सरकारले जोर-जबर्जस्ती गर्न खोजे महँगो पर्न सक्छ, चेतावनी पनि दिएका छन्। आज पार्टीका प्रवक्ता स्वर्गीय वसन्तमानसिंह अधिकारीको १३औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली-सभामा बोल्दै थापाले हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको लागि राष्ट्रवादीहरू एक ठाउँमा उभिनुको विकल्प नरहेको बताएका छन्।

थापाले अहिले गणतन्त्रवादीहरूले पूर्वराजालाई बदनाम गरी झुटा आरोप लगाउँदा आफ्नो विचारको प्रतिरक्षाको निम्ति एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।

उनले भने, ‘म देशभरका राष्ट्रवादी साथीहरूलाई आग्रह गर्न चाहन्छु। अहिले जसरी राजालाई बदनाम गर्ने, झुटा आरोप लगाउने, हिन्दु राष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई निषेध गर्ने, समाम्त पार्ने जुन प्रयास भइरहेको छ, त्यसबाट सजक भएर आफ्नो आस्था र विचारको प्रतिरक्षाको निमित सबै राष्ट्रवादीहरू एक ठाउँमा उभिनुबाहेक अर्को विकल्प छैन।’

उनले अहिले आफ्ना सानातिना मतभेद, स्वार्थको कारणले एक ठाउँमा आएर आफ्नो आस्थाको प्रतिरक्षा नगरे भविष्यमा पछुताउनुपर्ने बताए।

अध्यक्ष थापाले गणतन्त्रवादीहरूले चाहेअनुसार भयो भने पद र दल मात्र होइन वैचारिक अस्तित्व नै संकटमा पर्ने पनि बताए।

कार्यक्रममा राप्रपाका नेता डाक्टर प्रकाशचन्द्र लोहनी र बिक्रम पाण्डेले विचार मिल्ने सबै एकैठाउँमा आएर परिवर्तनको लागि आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन्।