मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
नयाँ पत्रिका रुकुमपूर्व
२o८१ चैत ३ आइतबार २१:३९:oo
Read Time : < 1 मिनेट
समाचार

हावाहुरीले विद्यालय भवनको छानो उडायो, ६ लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपूर्व
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार २१:३९:oo

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–८ मा रहेको जनसहयोग माध्यमिक विद्यालय, रिवाङ चौरको भवनको छानो पानीसहितको हावाहुरीले उडाएको छ । शनिबार राति परेको हावाहुरीसहितको पानीले विद्यालयको छाना उडाउँदा करिब ६ लाखबराबरको क्षति भएको छ।

हावाहुरीले भवनको जस्तापाताको छाना उडाएको विद्यालयका प्रधानाध्यापक गोकेन्द्रजंग मल्लले जानकारी दिए। उनका अनुसार हाल विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले छ। छाना उडाएका कारण केही समय परीक्षा अवरुद्ध भएको र वैकल्पिक व्यवस्था गर्दै अर्को भवनमा परीक्षा सञ्चालन गरिएको उनले बताए। 

प्रधानाध्यापक मल्लका अनुसार विद्यालय भवन क्षतिग्रस्त भएकाले विद्यार्थी र शिक्षकलाई कक्षाकोठा अभाव भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काले मल्लले क्षतिको विवरण संकलन गरेर चाँडै नै बैठक बस्ने र पुनर्निर्माण प्रक्रिया अघि बढाउने बताए। साथै, क्षतिको विवरण सम्बन्धित निकायमा बुझाइने र तत्काल पुनर्निर्माणका लागि स्थानीय सरकारसँग पहल गरिने जानकारी दिए।