मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
२o८१ चैत ३ आइतबार २१:२२:oo
Read Time : < 1 मिनेट
समाचार

भरतपुरका १२९ सुकुमवासी घरधुरीलाई लालपुर्जा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार २१:२२:oo

चितवनस्थित भरतपुर महानगरपालिका क्षेत्रभित्र बसोबास गर्ने १२९ जना भूमिहीन दलित तथा सुकुमवासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। 
भरतपुर–११ का ११६, वडा नम्बर १५ का नौ र वडा नम्बर २६ का चारजनालाई आइतबार लालपुर्जा वितरण गरिएको महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन्।

भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालल लालपुर्जा वितरण गर्दै भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए। हाल गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको उनले जानकारी दिए। सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि हाल सो अध्यादेश राष्ट्रिय सभामा गएर अड्किएको बताउँदै जनता राज्यका शक्ति भएकाले उनीहरूलाई पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको भनाइसमेत उनको थियो। 

मेयर दाहालले सुकुमवासीलाई जग्गा दिने विषयलाई राजनीतीकरण गर्न नहुने बताउँदै सुकुमवासीलाई लालपुर्जा दिने विषयमा भरतपुरमा कुनै पनि राजनीतिक गन्ध नदेखिने प्रस्ट पारिन्। नागरिकप्रति जिम्मेवार रहेकाले कानुन, विधि र ऐनअनुसार पुर्जा वितरणको कार्य अघि बढाउने उनले प्रतिबद्धता जनाइन्। 

महानगरपालिकाको तथ्यांकअनुसार महानगर क्षेत्रमा हाल भूमिहीन दलित दुई हजार ५२, भूमिहीन सुकुमवासी तीन हजार ९१७ र अव्यवस्थित पाँच हजार २३७ गरी कुल ११ हजार २०६ जना सुकुमवासी घरधुरी रहेको उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए।