मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
रासस काठमाडौं
२o८१ चैत ३ आइतबार १९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रालय र योजना आयोगसँगको समन्वयमा बजेट आउँछ : अर्थमन्त्री पौडेल

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १९:२५:oo

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरू र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन्।

आर्थिक वर्ष ०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए। छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरूपता हुने र देखापरेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबिच समन्वय हुनुपर्नेमा जोड दिँदै उपलब्ध साधन स्रोतको ख्याल गरेर बजेट तथा कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरे।

गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित थिए।