मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
दोधाराचाँदनी नगरपालिका– १० का गणेश सुनारको घर
मोहन विष्ट कञ्चनपुर
२o८१ चैत ३ आइतबार १४:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मापसे गरेको भारतीय समूहद्वारा कञ्चनपुरमा नेपाली नागरिकको घर तोडफोड

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार १४:३४:oo

मादक पदार्थ सेवन गरेको भारतीय समूहले कञ्चनपुरका एक नेपाली नागरिकको घर तोडफोड गरेकाे छ। उक्त समूहले दोधाराचाँदनी नगरपालिका– १० कुतियाबर १८ नम्बर सीमावर्ती गाउँका गणेश सुनारको घर र पसलमा तोडफोड गरेको हो।

होलीको दिन १ चैत्रमा पाँच–सातजनाको समूहमा भारतीयहरू सुनारको घरमा आएका थिए। एक–आपसमै जुधेपछि गाउँ फर्किएका उनीहरू पुनः सुनारको घर आएर तोडफोड गरेका हुन्। तोडफोड गरेको उक्त भारतीय समूहले रकमसमेत लुटपाट गरेको सुनारले बताए।

‘होलीको अन्तिम दिन थियो, प्रमोद यादव, महेशराज भाट, सुवास राजभाटसहित पाँच–सातजना मेरो पसलमा आएका थिए,’ उनले भने, ‘उनीहरूबिचमै एक–आपसमा वादविवाद भयो। मैले र सशस्त्र प्रहरीले अबउप्रान्त झैझगडा नगर्न आग्रह गरेर घर पठाएका थियौँ, त्यसको केही बेरमै ५०–६० जना घरेलु हतियार हँसिया, बन्चरो लिएर आएका थिए। घर र पसल तोडफोड गरिदिए।’ उनीहरूले आफ्नो घरबाट दुई लाख ८५ हजार रुपैयाँसमेत लुटपाट गरेर लगेको सुनारले बताए।

दोधाराचाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले भारतीय पक्षबाट नेपाली नागरिक गणेश सुनारको घरमा भएको तोडफोड र अत्याचार निन्दनीय भएकाले अबउप्रान्त यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले नेपाली नागरिकको घरमा तोडफोड गर्ने भारतीयमाथि कारबाहीका लागि समन्वय भइरहेको बताए। उक्त घटनामा संलग्नहरूको विवरण भारतीय प्रहरीलाई जानकारी गराइसकेको र बाँकी स्थानीयस्तरमा छलफल भइरहेको उनको भनाइ छ।