मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २ शनिबार
  • Sunday, 16 March, 2025
२o८१ चैत २ शनिबार १३:५६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

होलीबाट संकलित रकम विद्यालयको विकासमा खर्च गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत २ शनिबार १३:५६:oo

जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्धेश्वर माध्यमिक विद्यालयले होली खेलेर रु तीन लाख १८ हजार आठ सय ५० संकलन गरेको जनाउँदै यो रकम विद्यालयको विकासमा खर्च गरिने बताएको छ । 

विद्यालयले धेरै वर्षदेखि होली खेलेर आर्थिक स्रोत संकलन गर्दै आएको छ ।  विद्यालयले आफ्नै स्रोतमा छात्रावास सञ्चालन गरेको छ । निजी स्रोतका शिक्षक, छात्रावासलगायत शैक्षिक सामग्री व्यवस्थापनका लागि हरेक वर्ष होली खेलेर रकम संकलन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताए ।

यसैगरी, पाटन नगरपालिका–१ मेल्चौरामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयले पनि होली खेलेर रु तीन लाख संकलन गरेको छ । संकलित रकम विद्यालयको शैक्षिक विकासमा खर्च गरिने प्रधानाध्यापक दीपेन्द्रसिंह चाँडले बताए।