मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २६ सोमबार
  • Monday, 10 March, 2025
२o८१ फाल्गुण २६ सोमबार १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २६ सोमबार १८:o३:oo

नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको अध्यक्षमा अग्रज फोटो पत्रकार राम गुरुङ निर्वाचित भएका छन्।

संघको पोखरामा सम्पन्न नवौँ अधिवेशन एवं साधारणसभाले गुरुङको अध्यक्षतामा सातसदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा युनिश गुरुङ तथा सदस्यहरूमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए। समितिको रिक्त सहसचिव र तीन सदस्य कार्यसमितिको बैठकले मनोनीत गर्ने संयोजक बरालले बताए।

अधिवेशन एवं साधारणसभाको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेल, संघका संस्थापक अध्यक्ष घनश्याम पौडेल, संघका पूर्वअध्यक्ष इन्द्रप्रसाद पौडेल, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेललगायतले फोटो पत्रकार सधैँ अग्र भागमा रहेर काम गर्नुपर्ने हुँदा धेरै चुनौतीको सामना गर्नुपर्ने, फोटोविना समाचार र पत्रकार अपुरो हुने धारणा राखेका थिए।