१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १८ आइतबार
  • Tuesday, 24 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ फाल्गुण १८ आइतबार २o:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण १८ आइतबार २o:१o:oo

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरसिपको सदस्य नियुक्त भएका छन्।

परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रियस्तरमा थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ। दुईवर्षे कार्यकालका लागि उनी काउन्सिल सदस्यका रूपमा सहभागी हुनेछन्।

विश्व आर्थिक मञ्चको नेटवर्क अफ ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुसरोकारवाला तथा अन्तरविधागत सञ्जाल हो। यसले नवीनतम विषयहरूबारे अन्तरदृष्टि तयार गर्दै विश्वव्यापी चुनौतीहरूमाथि अध्ययन र अन्वेषण गर्दछ।

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने अभियान हो, जसले विश्वभर न्याय, समता, समावेशिता र दिगो विकासका लागि संघर्षरत विचार तथा प्रयाससँग सहकार्य गर्दै विश्वव्यापी प्रतिरोध निर्माण गर्ने लक्ष्य लिएको छ। यसै क्रममा परियारको नियुक्ति अभियानका लागि कोशेढुंगा साबित हुने विश्वास लिइएको छ।

परियारले विगत २० वर्षदेखि युवा, शान्तिनिर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्। उनी सन् २०२० मा विश्व आर्थिक मञ्चकै योङ ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए।