
नयाँ पत्रिकाका दाङ संवाददाता दीपक बोहरा सम्मानित भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका– ६ स्थित डिभाइन एजुकेसन फाउन्डेसनले १६औँ स्थापना दिवसको अवसरमा बोहरालाई सम्मान गरेको हो।
पत्रकारिता क्षेत्रबाट शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरेको फाउन्डेसनका अध्यक्ष भोजराज न्यौपानेले बताए। बोहरालाई लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीले सम्मान प्रदान गरेका हुन्।