१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस/सिन्ह्वा नयाँ दिल्ली
Invalid date format o९:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु    

प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजनहरू रेलमा चढ्न जम्मा भएका बेला १३ र १४ नम्बर प्लेटफर्ममा दुर्घटना

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format o९:४o:oo

शनिबार राति भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेसनमा भागदौड हुँदा १० महिला र तीन बालबालिकासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । तीमध्ये नाैजना बिहारका, आठजना दिल्ली र एकजना हरियाणाका छन् ।

गंगा, यमुना र सरस्वती नदीको संगमस्थल ‘त्रिवेणी संगम’मा पवित्र स्नान गर्नका लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेसनमा मानिसको भिड लागेको थियो । प्रयागराज महाकुम्भमा जानका लागि हजारौँ भक्तजन रेलमा चढ्न जम्मा भएका वेला १३ र १४ नम्बर प्लेटफर्ममा घटना भएको हो। 

मृतकको शव निकालिएको छ भने घाइतेहरूलाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।