१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १९:o१:oo
Read Time : < 1 मिनेट
विश्व

सन् २०२४ मा सवा नौ करोड यात्रुले प्रयोग गरे दुबई विमानस्थल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:o१:oo

दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट गत वर्ष नौ करोड २३ लाख यात्रुले सेवा प्राप्त गरेका छन्। सन् २०१८ मा आठ करोड ९१ लाख यात्रुलाई आवतजावतका लागि सेवा दिएको दुबई विमानस्थलले गाजा युद्ध र गत अप्रिलमा आएको आकस्मिक बाढीका कारण उत्पन्न क्षेत्रीय तनावका बाबजुद आफ्नो सेवामा उच्च उत्कृष्टता प्रदर्शन गर्न सफल भएको हो। 

एसिया, युरोप र अफ्रिकाको बिचमा अवस्थित संयुक्त अरब इमिरेट्स (युएई) सहर एक दशकसम्म विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हवाई सेवा प्रदायक विमानस्थल बन्न सफल भएको छ। 

युएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतुमले विज्ञप्ति जारी गर्दै विमानस्थललाई ‘विश्वव्यापी सफलताको कथा’ को संज्ञा दिँदै यसले चार सय अन्तर्राष्ट्रिय गन्तव्यलाई लक्षित गरेको बताएका छन्। 

दुबई विमानस्थलका प्रमुख कार्यकारी अधिकृत पल ग्रिफिथ्सले सन् २०२७ सम्ममा दुबईले १० करोड यात्रु ओहोरदोहोर सेवा दिनेमा विश्वस्त रहेको बताएका छन्। 

दुबईले अब छिमेकी साउदी अरबको रियादमा निर्माण भइरहेको एक प्रमुख नयाँ विमानस्थलबाट प्रतिस्पर्धाको अपेक्षा गरेको छ। विमानस्थलले सहरको बाहिरी इलाकामा अल मकतुम इन्टरनेसनल विमानस्थलमा ३५ अर्ब डलरमा विस्तार र स्थानान्तरणको योजना पनि बनाइरहेको छ।

व्यापार, पर्यटन र व्यापार केन्द्रले अचल सम्पत्ति कारोबार मूल्य र बढ्दो जनसंख्या वृद्धिको साक्षी रहेको युएईले पेट्रोलियम पदार्थ (इन्धन) बाहेक आफ्नो अर्थव्यवस्थाको विविधीकरणको प्रयासलाई जारी राखेको छ।