१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका महोत्तरी
Invalid date format १४:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक जग्गाको अतिक्रमण हटाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
Invalid date format १४:o२:oo

सार्वजनिक पर्ती र नदी उकास जग्गामा अतिक्रमण बढ्न थालेपछि वनसम्बद्ध कार्यालय र सुरक्षा निकायले अतिक्रमण हटाउने अभियान सुरु गरेका छन्। महोत्तरीको बर्दीबास- ४ वरडाँडामा तारबार लगाएर व्यक्तिले कब्जा गरेको करिब एक बिघा जग्गा वन सबडिभिजन कार्यालय गणन्ता र सशस्त्र वन सुरक्षा शाखाले तारबार भत्काई अतिक्रमण हटाएका हुन्।

नदी उकास क्षेत्रको जग्गा बर्दीबास- ४ का मोहित तामाङले घेराबेरा लगाएका थिए। नदी उकास जग्गा घेरबार गरी टहरा बनाउने, बाली लगाएर कब्जा गर्ने प्रवृत्ति बढेपछि यस्ता जग्गाको पहिचान गरेर अतिक्रमण हटाउने अभियान थालिएको वन सबडिभिजन कार्यालय गणन्ता (महोत्तरी)का वन अधिकृत सिकेन्द्रप्रसाद चौधरीले जानकारी दिए।

शनिबार थालिएको यो अभियानलाई निरन्तरता दिइने वन सबडिभिजन कार्यालय गणन्ताले जनाएको छ। ‘अहिले अतिक्रमण गर्नेलाई चेतावनी दिइएको छ, यस्तो घटना दोहोरिए वन ऐनअनुसार कारबाही गरिन्छ,’ उनले भने। बर्दीबास नगर क्षेत्रमा सयौँ बिघा पर्ती र नदी उकास जग्गा छन्। यसै अभियानका क्रममा अतिक्रमणको पहिचान गरी हटाइने वन अधिकृत चौधरीको प्रतिबद्धता छ।

यस्ता जग्गामा वृक्षरोपण गरेर चुरेक्षेत्रमा हरियाली प्रवर्द्धन गरिन पर्ने वातावरणविद्हरुको सुझाव छ। चुरेनजिकका पर्ती, नदी उकास र भिरालो जग्गामा माटो परीक्षणबाट उपयुक्त ठहरिने वृक्षरोपण गरिए भूक्षय न्यूनीकरण हुनुसँगै हरियाली प्रवर्द्धन हुने चुरे संरक्षण अभियानमा जुट्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष चुरे विज्ञ नागदेव यादवको भनाइ छ। रासस