Skip This
बागमतीका १४ उद्यमी सम्मानित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
नयाँ पत्रिका मकवानपुर
२o८१ मङ्सिर ९ आइतबार १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार

बागमतीका १४ उद्यमी सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १८:५५:oo

बागमती प्रदेश सरकारले १०औँ उद्योग दिवसको अवसर पारेर प्रदेशका १४ जना उद्यमीलाई सम्मानित गरेको छ। प्रदेशको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आयोजनामा आइतबार प्रदेशबाट सर्वोत्कृष्ट उद्यमीका रूपमा भने काभ्रेको झ्याम्भल कृषि फर्म उद्योग प्रा.लि.लाई सम्मान गरिएको छ।

कृषि उत्पादन तथा बजारीकरणमा काम गरिरहेको उक्त उद्योगलाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले नगद एक लाख रुपैयाँसहित प्रमाण-पत्रले सम्मान गरे। उक्त उद्योगले स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थको प्रयोगबाट विभिन्न प्रकारका अचार, क्यान्डी उत्पादन गर्दै आएको र १५ जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आएको छ।

प्रदेश सरकारले नवप्रवर्तन उद्यमी सम्मानअन्तर्गत प्रदेशमा घरेलु तथा साना उद्योग सञ्चालन गर्दै आएका १३ जिल्लाका एक-एकजना र प्रदेशभरबाट एकजना सर्वोत्कृष्ट गरी १४ जनालाई सम्मानित गरेको हो।

कार्यक्रममा मकवानपुरबाट कोम्हेन्दो एकीकृत कृषि फार्म हेटौँडा–१३, धादिङबाट युनिक पशुपन्छी तथा कृषिफर्म, नीलकण्ठ नगरपालिका–८, रसुवाबाट एस. एस. टेलर्स एन्ड स्यानिटरी प्याड तथा माक्स, उत्तरगया नगरपालिका–५, सिन्धुलीबाट बरपिपल- दुना टपरी उद्योग, दुधौली–४, काठमाडौंबाट ओम फुट प्रोडक्ट, चन्द्रागिरि–११ लाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको छ। उत्कृष्ट भएकाउद्यमीहरूलाई जनही ४० हजारसहित सम्मान गरिएको थियो।

ललितपुरबाट सिर्जनशील कृषिफर्म बागमती–१, दोलखाबाट सरी माैरीपालन घार उद्योग गौरीशंकर–५, नुवाकोटबाट नवयुवा कृषिफर्म सूर्यगढी–५, भक्तपुरबाट लक्ष्मी-चिउरा उद्योग भक्तपुर–५, चितवनबाट एसिएन नेपाली कागज उद्योग भरतपुर–२८, रामेछापबाट मन्थली डिलक्स एग्रो फरेस्ट्री मन्थली–१, सिन्धुपाल्चोकबाट कफी सहकारी उद्योग चौतारा साँगाचोक गढी–१० र काभ्रेको बि.जे.एस. ह्यान्डी क्राफ्ट एन्ड पनौती सोभेनियर हाउस पनौती–७ लाई उत्कृष्ट उद्यमीको रूपमा सम्मान गरिएको छ।