मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
गगन अयडी बाजुरा
२o८१ मङ्सिर ९ आइतबार o७:३६:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिदीबहिनी जसका कोही छैनन्...

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o७:३६:oo

तस्बिरमा देखिएका उनीहरू हुन्, बाजुराको गौमुल गाउँपालिका– ६ सडेडाका १० वर्षीया सविना रोकाया, आठ वर्षीया इसिका रोकाया र ६ वर्षीया सुस्मिता रोकाया । आमा संगीताले भारतमा अर्कैसँग विवाह गरिन् । बुबा भीमबहादुर पनि २५ दिनअघि भारतमै कोठामा झुन्डिएको अवस्थामा भेटिए । आमाले छाडेर गए पनि बुबाको संरक्षणमा हुर्किँदै गरेका उनीहरूसँग अब कुनै सहारा छैन । कामको खोजीमा भारत पसेका भीमबहादुर पनि केवल ३० वर्षका थिए । तीन दिदीबहिनीको अहिले विद्यालय जान मात्रै बन्द भएको छैन, बिहान–बेलुकाको छाक टार्नसमेत समस्या परेको छ । ठुलीआमा मना रोकायाले आफैँ आर्थिक संकटमा गुज्रिएकाले उनीहरूको जिम्मेवारी लिन नसक्ने अवस्थामा रहेको बताइन् । वडाध्यक्ष प्रकाश रोकाया पनि पालिकाले उनीहरूको शिक्षा, स्वास्थ्य, गाँसवासलगायत सबै भरणपोषण गर्न नसक्ने बताउँछन् । कुनै जिम्मेवार निकाय यसका लागि तयार भए समन्वय गरेर पठाउने उनको जवाफ छ ।