मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ मङ्सिर ९ आइतबार o७:१७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ महिला क्रिकेटका सावित्री र स्नेहा सम्मानित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार o७:१७:oo

नेपाललाई यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगितामा छनोट गराएका सावित्री धामी र स्नेहा महरालाई गृहजिल्ला कञ्चनपुरमा सम्मान गरिएको छ । शनिबार भीमदत्त नगरपालिका– १० जिमुवामा रहेको होली फेम्ली क्रिकेट एकेडेमी र होली फेम्ली विद्यालयले एक कार्यक्रकका बिच दुई खेलाडीलाई सम्मान गरेको हो । युएईमा भएको निर्णायक खेलमा घरेलु टोलीलाई आठ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा स्थान बनाएको थियो । सावित्री होली फेम्ली क्रिकेट एकेडेमीकी खेलाडी एवं होली फेम्ली विद्यालकी छात्रा हुन् । महरा कैलाली धनगढीकी स्थानीय हुन् ।

होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष तथा सञ्चालक भूपाल सिंह विष्टले विद्यालयकी छात्रा एवं एकेडेमीकी खेलाडीसहितका सुदूरका खेलाडीको उत्साहका लागि सम्मान गरिएको बताए ।

सहायक प्रशिक्षक जानकी भट्ट, खेलाडीद्वय सावित्री र स्नेहासहित टोलीका १९ सदस्यले नगद जनही ३० हजार पाएका छन । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान विन्दु रावललाई ५० हजार नगदरसिहत सम्मान गरिएको छ । उनीहरूलाई विद्याललयबाटै बजार परिक्रमा गरिएको थियो । होली फेम्ली क्रिकेट एकेडेमी र होली फेम्ली स्कुलले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा क्रिकेट टिमका सदस्य र सहायक प्रशिक्षकलाई पनि सम्मान गरिएको छ । सम्मान पाएका खेलाडीहरूले समेत यहाँसम्मको सफलतामा होली फेम्ली क्रिकेट एकेडेमीका संस्थापक अध्यक्ष एवं होली फेम्ली विद्यालयको भूमिका रहेको बताएका छन् । कक्षा १२ मा अध्ययनरत छात्रा सावित्री धामीले आफू यही विद्यालय र एकेडेमीमा सिकेर यहाँसम्म पुग्नुमा विद्यालयको भूमिका रहेको भन्दै आभार प्रकट गरेकी छिन् ।