१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हवाई सेवा र टिकेटिङ सहज बनाउन चारबुँदे सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:o४:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे निर्माणका लागि दैनिक १० घण्टा विमानस्थल बन्द भएको अवस्थामा हवाई टिकटको उपलव्धता र हवाई सेवा सहज र सुलभ बनाउन चारबुँदे सहमति भएको छ।

शनिबार बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा कम्पनीका प्रतिनिधिहरूको बैठकले चारबुँदे सहमति गरेको हो।

बैठकले वायुसेवा सञ्चालकहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्ने गरी एकमुष्ट रूपमा टिकट बिक्रीको अधिकार हस्तान्तरण गर्ने व्यवस्था (टिबिए) खारेज गर्ने निर्णय गरेको छ।

यसैगरी, सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्तबमोजिमको हवाई भाडा सूची सार्वजनिक गर्ने, वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णतः पालना गर्ने सहमति पनि गरेको छ।

ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्यामा मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने पनि सहमति भएकाे छ।

यी विषयमा गुनासो भए नेपाल नागरिक उड्डयन प्राधिकरण वा प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेल (९८४२१७०७२९)सँग सम्पर्क गर्न बैठकले आग्रह गरेको छ।