मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Sunday, 15 December, 2024
रासस काठमाडौं
२o८१ भदौ २७ बिहीबार १२:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार १२:२६:oo

वैदेशिक रोजगारमा बेरोजगार युवायुवतीलाई विभिन्न देश पठाइदिने भन्दै रु. २३ लाख ८५ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका– ७ घर भई हाल काठमाडौं महानगरपालिका– ९ सिनामंगल बस्ने ३० वर्षीय सुशान्त सिंह, कपिलवस्तुको कृष्णनगर नगरपालिका– ११ घर भई काठमाडौं सिनामंगल बस्ने ३६ वर्षीय सल्लउद्दिन वेग तथा तेह्रथुमको फेदाप गाउँपालिका– ८ घर भई हाल बुढानीलकण्ठ नगरपालिका– ८ हात्तीगौँडा बस्ने ५३ वर्षीय राजु दाहाल रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकामध्ये सिंहले दुईजनालाई दुबई पठाउने भन्दै रु. आठ लाख ४० हजार, वेगले दुईजनालाई कुवेत पठाउने भन्दै रु. सात लाख २० हजार तथा दाहालले तीनजनालाई क्रोएसिया पठाउने भन्दै रु. आठ लाख २५ हजार रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए।