मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Wednesday, 15 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २६ बुधबार १८:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गरी जनयुद्धप्रति अपमान गरिनु गैरसंवैधानिक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार १८:२९:oo

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधानको व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गरी जनयुद्धको अपमान हटाउन माग गर्दा हटाउनुनपर्ने घोषणा गर्नु गैरसंवैधानिक भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सामाजिक सञ्जालमा संविधानको व्याख्यात्मक टिप्पणीको अंश सार्वजनिक गर्दै सापकोटाले यस्तो बताएका हुन्।

‘माओवादीको नेतृत्वमा देशको समग्र सकारात्मक परिवर्तनका लागि भएको राजनीतिक संघर्ष ‘जनयुद्ध’का सम्बन्धमा संविधानको व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गर्दै, संसदमा जनयुद्धप्रति नियतपूर्वक अपमान गरिनु, सो अपमानलाई हटाउन माग गर्दा हटाउनुनपर्ने ठहर गरी घोषणा गरिनु पूर्णतः गैरसंवैधानिक छ,’ सापकोटाले लेखेका छन्।

भदौ १२ गते प्रतिनिधिसभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादीको सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेकोमा माओवादी सांसदहरूले आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकामा सभामुख देवराज घिमिरेले बुधबार सो शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरे।

ऐतिहासिक जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास स्वीकार्य नहुने भन्दै सांसद सापकोटाले संसदमा सुनाइएको निष्कर्ष समयमै नसच्याएसम्म संसद्ले सहज निकास नपाउने चेतावनी दिएका छन्।

‘दुईतिहाइको दम्भमा प्रतिपक्षलाई कम आँक्ने र निषेध गर्ने शैली आपत्तिजनक छ। ऐतिहासिक जनयुद्धको गौरवपूर्ण इतिहासलाई कम आँक्ने प्रयास पूर्णतः अस्वीकार्य छ। आज संसदमा सुनाइएको निष्कर्ष समयमै सच्याउँदा नै संसद्को अबको सहज निकास हुनेछ,’ उनले लेखेका छन्।