१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण २७ आइतबार
  • Monday, 21 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण २७ आइतबार o८:o९:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेपाल प्रहरीका अवकाशप्राप्त डिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण २७ आइतबार o८:o९:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० वर्षमा सर्वा दुई अर्बको कोकिन भित्रिनुले के संकेत गर्छ ?
यो निकै ठुलो परिणाम हो । कहिले पाँच केजी, कहिले आठ केजी परिमाणमा कोकिन पक्राउ परेका घटना वेलावेलामा सुनिन्छन् । यसको अर्थ, त्योभन्दा बढी नै यहाँ भित्रिइरहेको छ भन्ने हो । किनकि, भित्रिनेमध्ये निकै थोरै मात्र पक्राउ पर्ने गर्छ । यसले नेपाल लागू औषधको निकै ठुलो ‘ट्रान्जिट’ बन्दै गएको संकेत गरेको छ । नेपाल कोकिनको ठुलो बजार होइन । त्यसैले, यो नेपाललाई ट्रान्जिट बनाएर छिमेकी भारत, उत्तर–पूर्वी एसिया र त्यहाँबाट युरोपसम्म पुगिरहेको हुन सक्छ । उत्तर–पूर्वी एसियातिरका मान्छे पक्राउ परेका घटनाले पनि यो संकेत गर्छ । नेपालको भन्दा पाँच– ६ गुना बढी टिएचसीको मात्रा हुने अमेरिका र क्यानाडामा उत्पादित कडा गाँजा पनि नेपाल आइरहेको छ । यसले नेपालमा लागू औषध तस्करीको नयाँ ‘प्याटर्न’ सुरु भएको संकेत गर्छ ।

यस्तो तस्करीको वृद्धिले हाम्रो समाजमा कस्तो प्रभाव पार्ला ?
नेपाल कोकिनको बजार होइन, ट्रान्जिट मात्र हो भन्दै गर्दा पनि यहाँ आएका कोकिन, अमेरिकी गाँजा जस्ता लागू औषध नेपाली बजारमा छरिन सक्छ । यसले कोकिन र कडा गाँजाका प्रयोगकर्ता बढ्न सक्छन् । यस्ता लागू औषध नेपालमा ठुलो परिमाणमा आइरहेको हुनाले ठुला विदेशी तस्करले यहाँ संगठित कारोबारको धन्दा चलाउन सक्छन् । 

यस्तो तस्करीको रोकथाम गर्न के गर्नुपर्ला त ?
यस्ता संगठित अपराध कम गर्न प्रविधिमा लगानी बढाउनुपर्छ । दक्ष, प्रोफेसनल जनशक्तिलाई सम्बन्धित शाखामा ल्याएर लामो समयसम्म काम गर्न दिनुपर्छ । सूचनामा लगानी बढाउनुपर्छ । अन्तर्राष्ट्रिय नेटवर्क विस्तार गर्नुपर्छ ।