१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 08 June, 2025
Invalid date format १७:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थोरै ऋण दिएर धेरैको तमसुक बनाएको अभियोगमा सातजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५२:oo

दाङमा अनुचित लेनदेन गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। दुई पुरुष र पाँच महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाले जानकारी दिए।

पक्राउ पर्नेमा दाङ तुलसीपुरको बिजौरी घर भई हाल घोराही उपमहानगरपालिका– १५ बिपीचोक बस्ने ५७ वर्षीया माधवा बस्नेत, उनका श्रीमान् ५८ वर्षीय धर्मबहादुर बस्नेत, घोराही– १५ की यामाकुमारी बस्नेत,  घोराही– ८ का ५१ वर्षीय तिलकबहादुर महरा क्षेत्री, प्रगतिनगर टोलकी ५३ वर्षीया पार्वता केसी, घोराही– १५ बस्ने ३४ वर्षीया ममताकुमारी केसी (डिसी) र घोराही– १५ की ३७ वर्षीया ऋषा बोहरा रहेका छन्।

पक्राउ परेकामध्येकी माधवा बस्नेतले विभिन्न व्यक्तिलाई ऋण दिई चर्को ब्याज असुल्ने गरेको बताइएको छ। उनले ऋण दिनुअघि दस्तखत गराई खाली चेक लिने गरेकी थिइन्। चेक नभएकाहरूसँग ऋण लिएकोभन्दा बढी रकमकाे तमसुक बनाउने र सावाँब्याज असुल गरेपछि तमसुक च्यातिसकेकाे तथा चेक हराएको भनी आफ्नै नाम राखेर चेक बाउन्स गराएको पाइएको प्रहरीले बताएको छ।

चेक बाउन्स गर्नुका साथै तमसुक देखाएर जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसुरमा मुद्दा दर्ता गरेपछि पीडितले यसबारे थाहा पाएका थिए। पीडितहरूको उजुरीपछि अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।

बस्नेतले केही तमसुक आफ्नो नजिकका नातेदारहरूको नाममा गराएको र ऋणीहरूबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा समेत आफन्तको नाममा लेखी बाउन्समा हालेको पाइएको प्रहरीले जनाएको छ।