१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
गुल्मीको निस्ती खोलामा बगेका मुसिकोट नगरपालिका– १ का बोमबहादुर कार्कीकाे खाेजी गर्दै सुरक्षाकर्मी । तस्बिर : टाेपलाल अर्याल/नयाँ पत्रिका ।
Invalid date format २o:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन दिनअघि खोलामा बगेका कार्की अझै अज्ञात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

गुल्मीको निस्ती खोलामा तीन दिनअघि बगेका मुसिकोट नगरपालिका– १ का ३१ वर्षीय बोमबहादुर कार्की अझै फेला पर्न सकेका छैनन्। 

गत पाँच साउनमा मुसिकोट नगरपालिका– २ मा रहेको मामाघरको खेतमा पुगेर फर्किँदै गर्दा उनलाई खोलाले बगाएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोख्रेलले जानकारी दिए। 

मामाघरमा बस्दै आएका कार्की सुस्त मनस्थितिका छन्। मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठको सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर तत्कालैदेखि खोजी गरे पनि नभेटिएको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए। 

आइतबार र सोमबार दिनभर सुरक्षाकर्मीहरू र स्थानीयले कार्कीको खोजी गरेका थिए। १२ किलोमिटर लामो खोला क्षेत्रमा टोलीले खोजतलास गरिरहेको पोख्रेलको भनाइ छ।